|

कपिलवस्तु : पूर्वपश्चिम लोकमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ दोबाटो भन्ने स्थानमा यात्रुबाहक बस र टिपर अापसमा ठोकिँएर १० जना यात्रु घाइते भएका छन्। दाङबाट कपिलवस्तुको कृष्णनगर आउँदै गरेको ना ४ ख ५५३५ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ५२२३ नम्बरको टिपर एक आपसमा ठोक्किएका थिए।

बस र टिपर एकापसमा ठोकिँदा बसमा सवार १० जना घाइते भएका वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। घाइते हुनेहरूमा प्युठान सरुमारानी गाउँपालिका, ६ बस्ने ५५ वर्षीय खगेन्द्र पुन मगर, प्युठान माण्डवी गाउँपालिका ८ बस्ने ४८ वर्षीय यमबहादुर बिक, सोही स्थान बस्ने ४० वर्षीया सीता बिक, दाङ राप्ती गाउँपालिका-३ बसन्तपुर बस्ने २६ वर्षीया रघुपति गुप्ता, दाङ गढवा गाउँपालिका १ मलमला बस्ने   १५ वर्षीया रक्षा कुमाल घाइते भएका छन्। 

अन्य घाइते हुनेहरुमा कपिलवस्तु कृष्णनगर नगरपालिका ११ बस्ने  २१ वर्षीय अफरोज मुसलमान, दाङ घोराही उपमहानगरपालिका-१६ का ३५ वर्षीय नसिम मुसलमान, सोही स्थानका ६२ वर्षीय मोहमद फुजा मुसलमान घाइते भएका छन्। यस्तै दाङ घोराही उपमहानगरपालिका १६ कै ३० वर्षीय ताज मुसलमान, ३५ वर्षीय संराज मुसलमान घाइते भएका प्रहरी नायव उपरीक्षक रवि रावलले बताए।

घाइतेहरूको उपचारको लागि कृष्णनगरतर्फ पठाइएको र टिपर र चालक प्रहरी  नियन्त्रणमा रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.