|
प्रतीकात्मक फोटो

बारा : मुस्लिम धर्मावलम्बीहरूको महान पर्व र्इदको मौका छोपी काठामाडौंबाट घर फर्किने यात्रुसँग दोब्बर भाडा असुलेका टाटासुमोलाई पथलैयामा प्रहरीले कारबाही गरेको छ। यात्रुसँग दोब्बर भाडा असुल्ने १२ वटा सुमोलाई बाराको पथलैयास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयले शनिबार नियन्त्रणमा लिएर कारबाही गरेको हो।

दोब्बर भाडा असुलेको गुनासो आएपछि चेकजाँच गर्ने क्रममा दिउँसोसम्म १२ वटा सुमो नियन्त्रणमा लिइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्। पर्वको मौका छोपेर यात्रुसँग बढी भाडा असुल्ने सुमोलाई नियन्त्रणमा लिएर भाडा फिर्ता गराएको बज्राचार्यको भनाइ छ।

काठमाडौंबाट सिमराको भाडा पाँच सय रुपैयाँ रहे पनि सुमो काउन्टरले प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँसम्म असुल गरेको पाइएको उनले बताइन्। नियन्त्रणमा लिइएका सुमोलाई तीन हजारसम्म जरिवाना गराउने र सचेत गराएर छाडिने प्रहरीले जनाएको छ।

कारबाहीमा परेका ना १ ज ६७६९, ३९१०, ५७४४, २१६६, ६२१६, १८८४, ६४७३, ३६१४, १७७०, ६४०४, १९५५ र २४४४ नम्बरका सुमो अहिले प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन्। उनीहरूमाथि थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाईने प्रमुख ट्राफिक प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.