|

सल्यान : जिल्लाको शारदा नगरपालिकाले पाँच लाखभन्दा माथिका योजना टेक्का प्रक्रियाबाट गर्ने नीति बनाएको छ। उपभोक्ता समिति भन्दा ठेक्का प्रक्रियामा गरिएका योजनाहरू बढी प्रभावकारी भएको पाइएको बताउदै नगरपालिकाले पाँच लाख माथिका योजना ठेक्काबाट गर्ने नीति बनाएको हो। 

उपभोक्ताबाट भन्दा ठेक्का प्रक्रियाबाट गरिएको योजनाहरू छिटोछरितो र प्रभावकारी देखिएको शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले बताए। उनले भने, 'उपभोक्ता समितिबाट योजना बनाउदा ढिलासुस्ती हुने, अनावश्यक राजनीतिक आग्रह पूर्वाग्रह कारण काम प्रभावकारी नहुने देखिएकाले पाँच लाखभन्दा माथिका योजना ठेक्का प्रक्रियाबाट जाने नीति बनाएका छौं।'

उपभोक्ता समितिबाट गरिने योजनाको पनि २० प्रतिशत रुपैया धरौटी राख्नु पर्ने उनको भनाई रहेको छ। एक मुष्ठ रकम उपभोक्ता समितिको खातामा हाल्दा काम गुणस्तरहीन देखिए रोक्का गर्न समस्या पर्ने भएकाले २० प्रतिशत रकम अग्रिम धरौटी राख्नु पर्ने नियम बनाएको अधिकारीले बताए। उनले भने, 'उपभोक्ता समितिले गरेको योजना प्रभावकारी भए नभएको अनुगमन गरेर पास भएपछि मात्र सम्पूर्ण रकम भुक्तानी गर्न यस प्रकारको नियम बनाएका हौ।' यसअघि छत्रेश्वरी गाउँपालिकाले २० लाख भन्दा माथिका योजना ठेक्का प्रक्रियाबाट गर्दै आइरहेको छ।

उपभोक्ता समितिलाई भन्दा ठेकेदारलाई अनुगमन गर्न र मूल्यांकन गर्न सहज हुने भएकाले २० लाख भन्दा माथिका योजना ठेक्का प्रक्रियाबाट गर्दै आइरहेको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.