|

कपिलवस्तु : रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपालीको मृत्यु भएको छ। जिल्लाको कपिलवस्तु नगरपालिका ७ धरमपनीया टोल धमौली बस्ने भोला यादवको २७ वर्षीय छोरा परदेशी यादवको मृत्यु भएको हो।

मलेसियाको एक कम्पनीमा कामदारको रूपमा कार्यरत यादवले शुक्बार खाना खाएर डिउटी जाने क्रम मृत्यु भएको उनको मामा गोपाल यादवले बताए। करिब दश महिना अगाडि वैदेशिक रोजगारीको क्रममा यादव मलेसिया गाएको थिए।

यता मृतकको शव मलेसियाबाट चाँडो नेपाल ल्याईदिन सम्बन्धित निकाय, नेपाली दूतावास र नेपाल सरकारलाई उनको बुवाले भोला यादवले आग्रह गरेको हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.