|

भुटानमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपमा नेपाल चौथो भएको छ। तेस्रो स्थानका लागि शनिबार भएको खेलमा भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै नेपालले चौथो स्थान हासिल गरेको हो।

थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट खेल २–२ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो।जसमा  भुटान सफल रह्यो। पेनाल्टी सुटआउटमा भुटानकी गोलकिपरले नेपालको दुई प्रहार बचाएपछि भुटानले तेस्रो स्थान पक्का गर्‍यो। यसअघि भएको खेलको तेस्रो मिनेटमा देकी याङदोङको गोलमार्फत भुटानले अग्रता लिएको थियो।

भुटानले सुरुवाती अग्रता लिए पनि दोस्रो हाफको ४८ र ५५ मिनेटमा दुई गोल गर्दै नेपालकी चन्द्रा भण्डारीले खेललाई २–१ के अबस्थामा पुर्‍याएकी थिइन्। तर खेलको ६६ औं मिनेटमा एसी बिदाले गोल गर्दै खेल बराबरीमा ल्याइन्। पेनाल्टी सुटआउटमा नेपालकी सरस्वती हमाल, प्रीति राई, सलोनी रानामगरले गोल गरिन्। नेपाल सेमिफाइनलमा भारत तथा भुटान बंगलादेशसँग पराजित भएपछि तेस्रो स्थानका लागि प्रतिष्पर्धा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.