|

बारा : जितपुरसिमरा उपमहानगरपालिका–१२ फतेपुरमा माछा मार्न करेन्टबाट माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ।

फतेपुर–पिपरिया सडकखण्डको छेउमा रहेको दहमा शनिबार करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय २५ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो। करेन्ट लागेर घाइते भएका चौधरीलाई उपचारका लागि सिमरास्थित अल्पाइन अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

प्रहरीका अनुसार साथीहरुसँग माछा मार्न गएका उनलाई दिउँसो करिब साढे १ बजे करेन्ट लागेको थियो। माछा मार्न उनीहरुले सडक छेउमा रहेको विजुलीको तारबाट हुकिङ गरी पानीमा विद्युत प्रवाह गरेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.