|

काठमाडौं : नयाँ मुलुकी एनेको प्रारम्भसँगै पहिलो दिनमै सुनसरीको धरान उपमहानगरपालिकाका एक पुरुषले पत्नीविरुद्ध सम्बन्धविच्छेदको मुद्धा दर्ता गरेका छन्।

ती पुरुषले शुक्रबार मुद्धा दर्ता गरको खबर गोरखापत्र दैनिकमा खबर छ। पुरानो मुलुकी ऐन खारेज भई नयाँ मुलकी देवानी संहिता ऐन–२०७४ लागू भएपछि ऐनमा भएको व्यवस्था अनुसार धरान उपनपा–१८ का राजेश राईले पत्नी सन्तकला राईसँग सम्बन्ध विच्छेदको मुद्धा दर्ता गराएका हुन्। 

सुनसरी जिल्ला अदालतले पहिलोपल्ट नयाँ मुलुकी देवानी संहिता ऐन–२०७४ को अभ्यास गर्दै परिच्छेद ३ सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्थाको दफा ९४ क, ख, ग र घ अनुसार अधिवक्ता पदम लिम्बूले मुद्धा दर्ता गरेपछि नयाँ मुलुकी ऐनको शुभारम्भ गरिएको अदालतले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.