|

काठमाडौं : असोज ५ गतेबाट प्रदर्शनमा आउने फिल्म 'बाँध मायाले'को पहिलो वर्ल्ड प्रिमियर सम्पन्न भएको छ। अगस्ट १८ तारिखमा अष्ट्रेलियाको इभेन्ट सिनेमा वरउडमा फिल्मको प्रिमियर सम्पन्न गरिएको हो।

फिल्मका सह निर्माता महेन्द्र अधिकारीको व्यवस्थापनमा सम्पन्न भएको प्रिमियरमा नायक आर्यन अधिकारीले सहभागिता जनाएका थिए। आइतबार पनि अष्ट्रेलियाको हर्टसभिलमा 'बाँध मायाले'को शो राखिएको छ । त्यहाँ पनि नायक अधिकारीले सहभागी हुँदैछन्।

फिल्म हेरेका दर्शकले राम्रो प्रतिकृया दिएको र उक्त प्रतिकृयनाबाट आफु उत्साहित भएको आर्यनले बताए। उनले भने 'पहिलो प्रिमियरमा सहभागीले फिल्मलाई मन पराउनु भयो। यहाँको प्रतिक्रियाले हामीलाई हौसला मिलेको छ।'

अष्ट्रेलिया पछि यही अगस्ट २८ तारिखमा 'बाँध मायाले'को शो अमेरिकास्थित सान्फ्रान्सिस्कोमा हुँदैछ। त्यहाँ पनि आर्यन सहभागी हुनेछन्।

सविर श्रेष्ठले निर्देशन गरेको फिल्म 'बाँध मायाले'मा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन्। आर्यन र सृष्टिसँगै फिल्ममा राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ र नव नायक किशोर खड्काको अभिनय छ। रामहरी धिताल र बिभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्ममा महेन्द्र अधिकारी र केदार धिताल सह निर्माताको रुपमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.