|

बैतडी : शुक्रबार बिहानवाट अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सुचारू भएको छ।  लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुला सडकखण्ड अन्तर्गत महाकाली नगरपालिका ७ काकडा खोलाले सडक कटान गर्दा तथा खोलामा पानीको सतह बढी हुँदा शुक्रबार बिहानवाट राजमार्ग अवरुद्ध भएको थियो।

 अवरुद्ध राजमार्ग जेसिबी तथा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा आईतबार मध्यान्हदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता , प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए। लामो प्रयासपछि राजमार्ग सुचारु भएको छ उनले भने 'अस्थाई रुपमा सडक सुचारु भएपनि बर्षा हुँदा पुनः राजमार्ग हुने सम्भावना छ' काकडा खोलामा पुल नहुँदा समस्या निम्त्याएको प्रहरीले जनाएको छ।  

राजमार्ग सुचारु भएपछि जिल्ला भित्रिने तथा बाहिरिने  छोटो तथा लामो दुरीका सबारी साधनहरु सञ्चालनमा आएका छन्। सबारी साधन सञ्चालनमा आएपछी  यात्रुहरुलाई आ आफ्नो गन्तव्यतर्फ लागेका छन्। यसअघि पनि मालिकार्जुन गाउँपालिका ३ तेर्छेलेकमा पहिरो खस्दा सोमबारदेखि अवरुद्ध रहेको उक्त राजमार्ग बुधबारवाट सञ्चालनमा आएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.