|

विराटनगर : विराटनगर–२ मा रहेको विक्की हार्डवेयरका सेक्युरिटी गार्ड टंक भट्टराईको हत्या भएको छ। विराटनगर ४ का अन्दाजी ५४ वर्षीय भट्टराईको राति नै हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

सेक्युरिटी गार्डको रूपमा कार्यरत भट्टराई शनिबार रातिको ड्युटीमा रहेको र आइतबार बिहान पसल खोल्दा पौने १० बजेको समयमा आफूहरूले भट्टराईलाई मृत अवस्थामा फेला पारेको हार्डवेयरका संचालक निरव अग्रवालले जानकारी दिए। उनको टाउको तथा जिउमा फलामका रड तथा धारिलो हतियारले प्रहार गरेको निल, डाम र चोट रहेको छ। उनको हत्या हुनुमा सेक्युरिटी कम्पनीको विवाद रहेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन्।

आकाश सेक्युरिटी कम्पनीका संचालक दीपक गिरीले आफ्नो कम्पनीले साउन मसान्तसम्म मात्रै काम लगाएको बताए। हार्डवेयरका संचालक निरवले भने सेक्युरिटी कम्पनीको सम्झौताकै आधारमा काम लगाइएको जनाएको छ। घटनाको विषयमा छानबिन हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन्। मृतक भट्टराईको एक छोरा, एक छोरी, श्रीमती र ८५ वर्षकी आमा छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.