|
प्रतीकात्मक फोटो

उदयपुर : उदयपुरगढी गाँउपालिका ७ नर्कटेस्थित ध्वाँसे खोलामा माछा मार्नेक्रममा करेन्ट लगाएर एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कर्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा नर्कटे ध्वाँसेकै स्थानीय २० वर्षे कैलाश रानामगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मघेराज अधिकारीका अनुसार शनिबार दिउँसो २ बजे बिजुलीको मेनलाईबाट करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा अचानक चिप्लिएर खोलामा खस्दा करेन्ट लागेर घटनास्थलमै मत्यु भएको हो। मृतक मगरको शव कानुनी प्रकृया पूरा गरी पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.