|

भक्तपुर : जिल्लाका च्याउ व्यवसायीले भारतीय च्याउको आयात बन्द गर्न माग गरेको छन्। उनीहरूले च्याउ उत्पादक किसान संघर्ष समिति गठन गरी भारतबाट आयत हुने च्याउ बन्द नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन।

समितिले रफत सञ्चार क्लबमा आइतबार पत्रकार सम्मेलन गर्दै नेपाली च्याउ उत्पादनलाई प्रोत्साहन गर्ने भन्दा पनि भारतबाट च्याउ आयतलाई प्रोत्साहन दिएर नेपाली उत्पादनलाई निरुत्साहित गरेकाले संर्घषमा उत्रनु परेको समितिका संयोजक प्रेम नारायण अधिकारीले बताए। उनले नेपाली च्याउ उत्पादनलाई प्रविधियुक्त बनाउन नसकेको र व्यवसायिक रुपमा ४०  भन्दा बढी जिल्लामा च्याउ उत्पादनमा लागेका झन्डै पचास हजार नेपालीलाई सरकारले बेरोजगारीतर्फ धकेल्न थालेको आरोप समेत लगाए। यस्तै अवस्था रहे नेपाली च्याउ उत्पादनमा लागेका किसान रोजगारीका लागि खाडीमा जानुपर्ने बाध्यता आउने उनले बताए। ‘सरकार समक्ष च्याउ उत्पादन किसान संघर्ष समितिले राखेको १९ बुँदे माग सरकारले सम्बोधन गरेर नेपाली च्याउको संरक्षण र प्रर्वदनको भूमिका खेल्नुपर्छ,’उनले भने।

संघर्ष समितिका सदस्य सचिव शनिस लागेजुले भारतबाट वैध/अवैध रुपमा भित्रिने झन्डै १ लाख मेट्रिक टन च्याउलाई रोक्न नसक्दा नेपाली च्याउ बजार प्रभावित बनेको बताए। ‘नेपालमा झन्डै २० हजार मेट्रिक टन उत्पादन हुन्छ। यसको बजारलाई कसरी व्यवस्थित गर्ने भन्ने तर्फ सरकारको ध्यान जान सकेको छैन। उनले भने, ‘सरकारले कृषि क्षेत्रमा प्रोत्साहन मूलक विभिन्न कार्यक्रमहरू ल्याएता पनि च्याउ उत्पादन र बजार प्रर्वद्धनमा कुनै काम नहुनु दुःखद हो।’

संघर्ष समितिले अन्दोलन स्वरुप कालिमाटी फलफूल तथा तरकारी बजारमा कोणसभा गर्नुका साथै आफ्नो च्याउ बिचौलियाबाट नभई आफैले बिक्री गर्ने र भारतबाट आयत गरिएको च्याउ नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.