|

दाङ : डाक्टरले बिरामीलाई कुर्नु पर्ने अवस्था रहेको आयुर्वेद शिक्षण अस्पताल बेलझुण्डीले सेवा बिस्तार गरेको छ। सञ्चालन भएको एक वर्ष बिते पनि उल्लेख्य रुपमा बिरामीलाई सेवा दिन नसकेको उक्त अस्पतालले अहिले क्षारसूत्र सेवा सुरू गरेपछि बिरामी बढ्ने थालेका छन्।

नेपाल संस्कृत विश्व विद्यालय, आयुर्वेद अध्ययन संस्थानअन्तर्गत बेलझुण्डीमा क्षारसूत्र  बिधिबाट पाइल्स रोगको उपचार सुरु भएको संस्थानका प्रमुख प्रा.डा. सुनिल कुमारले बताए। क्षारसूत्र सेवा सुरू भएसँगै सेवा लिने बिरामीको संख्या बिस्तारै बढ्दै गएको उनले बताए।‘ क्षारसूत्र सेवा सुरू भएसँगै बिरामीको संख्या पनि बढ्दै गएको छ’ उनले भने, 'यही रेसियोमा अगाडि बढ्ने हो भने बिरामीको संख्या ह्वात्तै बढ्छ।’ अहिले अस्पतालमा रहको सल्य विभाग अनतर्गत डा. सन्तोष खनालले क्षारसूत्र बिधिबाट सेवा दिइरहेको उनले बताए।

क्षारसूत्र बिधिबाट पाइल्स, फिस्टुला आदि रोगको उपचार गर्ने गरिने उनले बताए। यो बिधि आयुर्वेदको बिशिष्ट बिधि रहेको उनले बताए। थोरै चिरफार, कम उपद्रव एवं छिटो र सरल बिधि रहेको उनले बताए। यो सेवा सुरू भएसँगै बिरामीलाई पनि सहज हुने उनको विश्वास छ।  एक वर्ष अघिदेखि सुरू भएको उक्त शिक्षण अस्पताल पछिल्लो समय सुनसान बन्दै गएको थियो। तर सेवा सुरू भएपछि दैनिक १०/१५ जना बिरामी पुग्ने गरेको प्रमुख प्रा. डा. कुमारले बताए।  यसअघि अस्पतालमा बहिरंग सेवा मात्रै सञ्चालित थियो। अबको केही समयमा अन्तरंग तथा फार्मेसी  सेवा पनि सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए। भौतिक पूर्बाधार पनि भएको र डाक्टरहरू पनि उपलब्ध भएकाले अस्पतालले गति लिने उनको विश्वास छ। उक्त अस्पतालमा यस डाक्टरले बिरामी कुर्नुपर्ने अवस्था भएको भन्दै चौतर्फी आलोचना हुने गरेको थियो।

दिनमा एक/दुई जना पनि बिरामी नआउने समस्या थियो। सेवा बिस्तारसँगै अब त्यो समस्या हट्ने विश्वास लिइएको छ। बिएएमएसका बिद्यार्थीहरूलाई पनि त्यही प्रयोगात्मक गर्न सहज हुने डा. कुमारले बताए। करिब दुई किलोमिटर नजिक रहेको बिजौरीमा मध्यपश्चिम क्षेत्रीय आयुर्वेद औषधालय छ। जसले गर्दा पनि बिरामीहरू मध्यपश्चिम  क्षेत्रीय आयुर्वेदमा जाने तर बेलझुण्डीको अस्पतालमा नजाने गरेका थिए। तर अब सेवा विस्तार भएसँगै बिरामीहरू बढ्न थालेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.