|

काठमाडौं :  १८ औँ संस्करणको एसियाडअन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पाकिस्तानसँग पराजित भएको छ। इन्डोनेशियामा जारी खेलमा सुरूवाती अग्रता लिएको नेपालले जोगिएर खेल्न नसक्दा पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो।

पहिलो हाफसम्म नेपाल १-० ले अघि रहेको थियो।  नेपालले दोस्रो हाफमा दुई गोल खान पुग्यो। यद्यपि पाकिस्तानविरूद्ध करिब चार दशकपछि नेपालले एसियाड फुटबलमा गोल गरेको हो।

यसअघि एसियाड फुटबलमा नेपालले अन्तिमपटक सन् १९८२ मा गोल  गरेको थियो। एसियाड फुटबलमा त्यो नै नेपालको एकमात्र गोल रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.