‘सरकारको पाँचमहिने प्रतिवेदन आवरण मात्रै राम्रो’

|

काठमाडौं : केपी ओली नेतृत्वको सरकारले आइतबार ६ महिनाको अवधि पार गरेको छ। पाँच वर्षका लागि बनेको स्थिर सरकारले ६ महिनाको अवधिमा के-के गर्‍यो अहिले चर्चाको विषय बनेको छ।

दुई तिहाई बहुमत प्राप्त सरकारका गतिविधिबारे अहिले चिया चौतारीदेखि राजनीतिक फोरमसम्म चर्चा छ। पछिल्लो समय सरकारको आलोचना पनि तीव्र भइरहेको छ। विशेष गरी स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म कर वृद्धि भएको विषयका कारण सरकार आलोचित बन्दै आएका छ। कतिपयले स्थिर सरकारले आफ्नो दम्भ लेखाउन खोजेकोसम्म आरोप लगाएका छन्।

संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको सुरुवातको ६ महिनाले नै असफल हुने संकेत भएको आरोप लगाएको छ। ‘हुने विरुवाका चिल्लो पात नहुने विरुवाको खस्रो पात भने झैँ यो सरकारको पनि असफलताको संकेत देखिएको छ’, केही दिनअघि एक कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेका थिए। सरकारका विभिन्न गतिविधिले उसको असफताको संकेत आइसकेको नेता पौडेलले बताएका थिए।

सरकारले नेपालमा कर आतंक मच्चाएको भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ। निर्वाचनको समयमा सर्वाहार वर्गको प्रतिनित्व गर्दै मत मागेका कम्युनिस्टले अहिले सर्वहारको विपक्षमा कर वृद्धि गरेको कांग्रेसको आरोप छ। ‘६ महिना अघिसम्म केपी ओली कमरेडले सर्वहारको पक्षमा काम गर्ने भन्नुभएको थियो’, प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको ६ महिनाको समीक्षा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा भने, ‘सर्वाहारको नारा लगाउने कम्युनिस्टले सर्वाहारालाई कर र मूल्य वृद्धिको उपहार दिए। योभन्दा ठूलो के हुन सक्छ?’

सरकारले पनि आफ्नो ५ महिनाको प्रगति विवरण सार्वजनिक गरी सकेको छ। ७२ पृष्ठको उक्त रिर्पोटको आवरण मात्र आकर्षक रहेको कांग्रेसको आरोप छ। ‘यो रिर्पोटको आवरण धेरै राम्रो छ। तर कामचाहिँ शून्य, अघिल्ला सरकारले गरेका कामलाई पूरा गरेको उल्लेख छ, पशुलाई कृतिम गर्वधान गराएको विषय पनि समेटेको छ’, प्रवक्ता शर्माले भने, ‘यो त सरकारविहीन अवस्थामा खरदारले मात्र पनि गर्न सक्ने काम हो। यस्तै काम गर्ने भए दुई तिहाईको औचित्य के? खोई कहाँ छ दुई तिहाईको सरकार?’

सरकारले आफ्नो रिर्पोटमा मुख्य कामका रूपमा सुन तस्करलाई पक्राउ गनु भन्ने उेल्लेख गरेको छ। ७२ पृष्ठ लामो रिपोर्टमा सुन तस्करलाई गरिएको करबाहीले संगठित अपराताको जालो भत्काउन सहयोग गरेको उल्लेख छ। हालसम्म ७२ जना प्रतिवादीलाई मुद्दा चलाइएकोमा ४५ जना पक्राउ परेको पनि उल्लेख छ। रिपोर्टअनुसार ३१ जना अझै परार छन्।

सरकारले सुनतस्करीमा ठूला पदमा रहेकाको पनि हात रहेको आरोप लगाउँदै आएको छ। गृहमन्त्री रामबहादुर थापाले सुनतस्करीम ‘ठूला माछा’ पनि संलग्न भएको भन्दै उनीहरूलाई पनि पक्राउ गर्ने तयारी भइरहेको बताउँदै आएका छन्। तर कांग्रेसले भने तस्करीमा संलग्न ‘ठूला माछा’लाई जोगाउन सरकार लागेको आरोप लगाउँदै आएको छ। ‘सरकारले सुन तस्करीका ठूला माछा पक्राउ गर्न लागेका छौँ। कसैको दबाबमा छाड्दौनौँ भनेको थियो’, प्रवक्ता शर्मा भन्छन्, ‘अचानक ती ठूलामा छ त हाराए नि? कहाँ गए ठूला माछा?’

यस्तै, कांग्रेसले सरकारले लोकतन्त्रका सन्दर्भमा पनि चुकेको आरोप लगाएको छ। ‘लोकतन्त्रका लागि १४ वर्ष जेल बसेँ भन्दै निर्वाचन मात्र जितेर लोकतान्त्रिक होइदैन’, प्रवक्ता शर्मा भन्छन्, ‘लोकतन्त्र व्यवहारमा आउनुपर्छ। अहिलेको सरकारले कति लोकतान्त्रिक भयो?’

यस्तै, सरकारले औचित्यहीन विदेश भ्रमण नियन्त्रण गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरेको छ। तर कांग्रेसले भने नेपाल संस्कृत विद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइरालालाई विदेश भ्रमणमा जान रोक लगाएर अपराधिको जस्तो व्यवहार देखाएको आरोप लगाएको छ।

सरकार आफैँ संघीयता कमजोर बनाउने खेलमा लागेको प्रवक्ता शर्माले बताए। कांग्रेसले सरकार संघीयताको विपक्षमा जनतम सृजना गर्न लागेको आरोप लगाएको छ। ‘कर वृद्धि गर्दै जनताबाट संघीयताको विपक्षमा मत लिन लाग्दैछ सरकार, त्यसपछि संघीयता कमजोर बनाउन लाग्छ। त्यसपछि असफल बनाउने काममा लाग्छ’, प्रवक्ता शर्मा भन्छन्, ‘अहिलेसम्म कर्णाली र गण्डकीबाहेकका प्रदेशको नामकरण हुन सकेको छैन। प्रदेशका मुख्यमन्त्रीहरूले पनि आसन पायौँ काम पाएनौँ भनिरहेका छन्।’

कांग्रेसले यो सरकारलाई असफल हुने छुट नहुँदानहुँदै पनि ६ महिनामा उत्तारित मात्र भएको बताएको उल्लेख गरेको छ। ‘यो सरकारलाई असफल हुने छुट त छैन तर पनि जस्ट पास भएको छ’, प्रवक्ता शर्माले भने,‘ अर्धवार्षिक परीक्षमा उत्तारित सर्टिफिकेट बोकेर मुलुकलाई कहाँसम्म पुर्‍याउन सक्नुहुन्छ?’

छ महिनाको अवधिमा यो सरकार राष्ट्रियता, लोकतन्त्र, संघीयता, सुशासन, मूल्यवृद्धि, समृद्धिको यात्रा र न्यायालयका गरी सात मुद्दामा चुकेको कांग्रेसको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.