|

दार्चुला : जिल्लाकाे उत्तरी भेगमा निर्माण गरिएको एक मात्र नेपाल-भारत जोड्ने पुल पहिरोका कारण जोखिममा परेको छ। पहिरोका कारण पुल जोखिममा परेकाले आवागमनका रोक लगाइएको छ।

नेपालतिरको भूभागमा पहिरो आएपछि नेपाल भारत जोड्ने उक्त पुलमा आवतजावत बन्द गरिएको प्रहरी नायव निरीक्षक नवराज अधिकारीले जानकारी दिए।
व्याँस गाउँपालिका-५ तिग्रममा महाकाली नदीमाथि २०७४ जेठबाट सञ्चालनमा आएको तिग्रम पुलको नेपालतिरको भू भागमा शनिवार पहिरो गएको थियो।

पहिरोका पन्छाएर पुललाई जोखिममुक्त बनाउन सस्पेन्सन ब्रिज डिभिजन कार्यालयसँग सम्बाद भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए। डिभिन कार्यालयलाई पुलको समस्याका वारेजमा जानकारी गराइए पनि तत्काल पुललाई पहिरोबाट सुरक्षित बनाउन स्थानीय स्तरबाट पहल हुनुपर्ने उनको भनाई छ।

पहिरोका कारण पुलको छेवैमा रहेको प्रहरी पोस्ट पनि क्षतिग्रस्त भएको छ। ‘प्रहरी पोस्ट पहिरोमा पुरिएको छ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले भने। पहिरोका जोखिमका कारण पुलको आवागमन बन्द गराइएपछि व्याँस गाउँपालिकाका सबै वडाको सदर मुकामसम्मको आवागमन पूर्ण प्रभावित भएको हिमालय मावि हुतीका शिक्षक लोकेन्द्रबहादुर बमले जानकारी दिए।

पहिरोका कारण पुल जोखिममा परेपछि आवतजावत मात्रै प्रभावित भएको छैन, ज्यानमारा तुइन पनि सञ्चालनमा आएका छन्। सदरमुकाम खलंगाबाट उत्तररित पर्ने क्षेत्र जोड्ने एक मात्र पुलमा आवातजावत बन्न गरिएपछि स्थानीय ज्यानमारा तुइन प्रयोग गर्न बाध्य भएका छन्। पुलबाट आवागमन बन्द गरिएपछि सदरमुकामसम्म पुग्न तुइनको मात्रै बिकल्प बाँकी रहेको स्थानीय कविलदेव भट्टले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.