|
प्रतीकात्मक फोटो

हेटौँडा : मकवानपुरका तीनवटा पानी उत्पादक उद्योगको उत्पादन तथा बिक्री रोक्का गर्न अनुगमन समितिले निर्देशन दिएको छ। अनुगमन टोलीले आइतबार हेटौँडामा रहेको मकवानपुर बेभरेजको उत्पादन माई च्वाइस्, शुभम् बेभरेजको उत्पादन आक्वा टाइम र नेचुरल बेभरेजको अमृत जल पिउन अयोग्य रहेको भन्दै उत्पादन र बिक्री बन्द गरेको हो।

मानव स्वास्थ्यमा असर पर्ने भएकाले ती उद्योगको उत्पादन र बिक्री बन्द गर्न निर्देशन दिएको छ। परीक्षणमा स्वास्थ्यमा असर गर्ने कोलिफर्म, शुष्म जिवाणु पाइएपछि अनुगमन टोलीले उत्पादन र बिक्री बन्द गरेको खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख राजकुमार रिजालले बताए।

अनुगमन टोलीले गत साउन १७ गते तीनवटा बेभरेज उद्योगमा अनुमगन गरी नमूना संकलन गर्दै सुधारका लागि सचेत गराएका थिए। पछिल्लो समय हेटौँडाका पानी उद्योगका उत्पादनमा लेउ, पानीमा पाइने किरा, दुर्गन्ध आउने पाइएपछि अनुगमनलाई तीव्रता दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.