|

दाङ : ठूलो मात्रामा लागु औषध चरेस काराेवार गरिरहेकाे अवस्थामा दुईजना महिलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले आइतबार आफ्नै कार्य कक्षमा पत्रकार सम्मेलन गरी ६० किलो चरेससहित पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको हाे।

लमही नगरपालिका-९ अमेलियामा लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी छापा मार्दा ६० किलो चरेससहित ५ जनालाई पक्राउ गर्न सफल भएको बताएको छ।

प्रहरीले रुकुम मुसीकोट नगरपालिका ११ का ४५ वर्षीय प्रेमबहादुर घर्ती, सल्यान दार्माकोट गाउँपालिका-५ का ३५ वर्षीय डिल्लीराज चन्द, रुकुम पुथाउत्तर गंगा-१ काल्दुङ घर भई हाल घोराही उपमहानगरपालिका-१५ मा बस्दै आएकी ३० वर्षीया रुपा घर्तीपुन, रुकुम भुमेगाउँपालिका -२ बस्ने २७ वर्षीया सपना पुनमगर र ध्रुवजंग बुढालाई  ६० किलो चरेससहित सार्वजनिक गरेको हो।

रुकुमका प्रेमबहादुर घर्ती र सल्यानका डिल्लीराज चन्दलाई शंकास्पद अवस्थामा पक्राउ गरेपछि प्रहरीले थालेको अनुसन्धानबाट थप व्यक्तिहरूलाई बिभिन्न स्थानबाट पक्राउ र चरेस बरामद गर्न सफल भएको दाङका प्रहरी प्रमुख कृष्णहरि शर्माले बताए। पक्राउ परेकालाई लागु औषध चरेश मुद्दा शीर्षकमा म्याद थप गरेर कारवाही प्रक्रिया सुरु गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकाहरूले रुकुमबाट चरेस ल्याएको प्रहरीलाई बयान दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.