|

पर्सा : तयारी अवस्थाको अवैध लागुऔषध इन्जेक्सनसहित पर्सा प्रहरीले चितवनका एक युवालाई पक्राउ गरेको छ।

भारतको रक्सौलबाट अवैध लागुऔषध इन्जेक्सन लिएर नेपालतर्फ आउँदै गरेको अवस्थामा ती युवालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई वीरगन्ज महानगरपालिका १६ रजतजयन्ती चौक नजिकबाट लागुऔषधसहित नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीको नियन्त्रणमा पर्ने चितवन जिल्ला राप्ती नगरपालिका ९ बस्ने वर्ष २५ को अनिल थापा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए। उनको साथबाट प्रहरीले अवैध लागुऔषध नुर्फिन २० पिस, फेनारगन २० पिस, र डाइजील्याब २० पिस गरी तयारी अवस्थाको ६० पिस लागुऔषध बरामद भएको छ। अभियुक्तको साथबाट लागुऔषध बरामद भएपछि लागुऔषध मुद्दामा उनलाई थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक थापाले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.