|

बैतडी : सरकारले अनावश्यक रुपमा कर बढाएको भन्दै त्यसको बिरोध गरिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले बताए।  पूर्व आपूर्ति तथा वाणिज्यमन्त्री समेत रहेका विश्वकर्माले निर्वाचनका बेला जनता सामु गरेका बाचा पूरा गर्न अहिले सरकारले नसकेको दाबी बताए।  

नेपाली कांग्रेस बैतडीमा देखिएको विवाद समाधानका लागि केन्द्रीय प्रतिनिधि टोलीको नेतृत्व गर्दै आइतबार जिल्ला पुगेका नेता विश्वकर्माले सरकारका गलत गतिविधिविरुद्ध बलियो प्रतिपक्षीका रुपमा कांग्रेस प्रस्तुत हुने पनि बताए। 

जिल्लामा पार्टीभित्र देखिएको विवादका बारेमा छलफल गर्नका लागि भोलि जिल्लास्तरीय भेला डाकिएको छ। भेलामा गाउँ तथा नगरपालिका स्तरीय समितिका प्रमुख, क्षेत्रीय समितिका पदाधिकारी, भातृसंस्थाका प्रमुखहरूको सहभागिता रहने कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए। 

साेमबार जिल्ला भेलाबाट प्राप्त सुझावका आधारमा भाद्र ५ गते बस्ने जिल्ला कार्यसमितिको बैठकले विवाद टुंग्याउने कांग्रेस बैतडीले जनाएको छ। जिल्ला सभापति नरेन्द्रसिंह थापाले उपसभापतिमा चतुरबहादुर चन्दलाई मनोनयन गरेपछि नेपाली कांग्रेस बैतडीमा विवाद बढ्दै गएको छ। 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.