समाज

पहिरोले विद्युत हाउसमा क्षति
SHARES

प्रतीकात्मक फोटो
भदौ ३, २०७५

    सल्यान : जिल्लाको बागचौर नगरपालिका १२ ओखरेनीमा रहेको विद्युतघर पहिरोले क्षति पुर्‍याएका छ। आइतबार दिउँसो आएको पहिरोले १० मेगावाट क्षमता भएको विजय लघुजलविद्युत आयोजनामा क्षति पुर्‍याएको हो।

    आइतबार दिउँसो आएको पहिरोले विद्युत पावर हाउस क्षति गरेको विजय लघुजलविद्युत आयोजनाका सचिव वीरबहादुर वलीले जानकारी दिए। पावर हाउसमा क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको वलीको भनाई रहेको छ। पहिरोले पावर हाउस पुरेपछि २५० घर अन्धकारमा बस्न बाध्य भएका छन्।

    पहिरोले १० लाखभन्दा बढीको क्षति भएको १२ न वडा अध्यक्ष दीपक वलीले बताए। २०६८ सालमा स्थापना भएको पावर हाउस पहिरोले पुरिएपछि पुन: निमार्ण गर्न धेरै समय लाग्ने उनले बताए। विद्युत अवरुद्ध भएपछि दैनिक कामसमेत प्रभावित भएको उनको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]