|

काठमाडौं : नेपाल अायल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ।निगमले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो।

पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टतिेलको मूल्य २/२ रुपैयााले बढ्दा ९५ रुपैयाँ पुगेको छ।

भारतीय आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्यसूची पठाएसँगै निगमले मूल्य समायाेजन गरेकाे हाे।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा ६५ पैसा नाफा छ भने डिजेल र मट्टीतेलतमा ७० पैसा घाटा छ। यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ। मुल्य नबढाइए पनि ग्यासमा प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा छ।

निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४.५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ५० डलर रुपैयाँ बढाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.