|

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जारी सिजनपनि प्रभावसाली प्रदर्शन निरन्तर गरेको छ। दोस्रो खेलमा सिटी अर्जेन्टिनी स्टार सर्जिओ अगुएरोको ह्याट्रिकमा हडर्सफिल्ड टाउनलाई ६-१ ले पराजित गर्न सफल भयो। यो जितसँगै सिटीले प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा ३९ खेलमा १ सय ४ गोल सम्भव बनायो।

सिटीको जितमा अगुएरोले ह्याट्रिक गर्दा ग्राबियल जिसस र डेभिड सिल्भाले एक एक गोल गरे। सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो । हडर्सफिल्डका टेरेन्स कोन्गोलोले आत्मघाती गोल गर्दा जोन स्टानकोभिचले एक गोल फर्काए।

इतिहाद स्टेडियममा सिटीले पहिलो २५ औं मिनेटमा अगुएरोको गोलमार्फत अग्रता बनाएको थियो। ३१ औं मिनेटमा जिससले सिटीको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ३५ औं मिनेटमा अगुएरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० को अवस्थामा पुर्‍याए। ४३ औं मिनेटमा हडर्सफिल्डका स्टानकोभिचले एक गोल फर्काएपछि सिटी पहिलो हाफमा ३–१ ले अघि रह्यो।

दोस्रो हाफमा सिटीले थप तीन गोल गर्यो। ४८ औं मिनेटमा सिल्भाले गोल गर्दा  ७५ औं मिनेटमा अगुएरोेले ह्याट्रिक पुरा गरे। सिटीका लागि छैटौं गोल ८४ औं मिनेटमा कोन्गोलोले आत्मघाती उपहार दिएका थिए। जितसंगै सिटी २ खेलबाट ६ अंक जोडेर लिगको शीर्ष स्थानमा उक्लीएको छ। सिटीले पहिलो खेलमा आर्सनललाई २-० ले पाखा लगाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.