|

सिजनको दोस्रो खेलमा नै म्यानचेस्टर युनाईटेड अप्रत्यासित हारको सिकार भएको छ। आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेड ब्राइटन एन्ड होभ आल्बियनसँग ३–२ ले स्तब्ध भयो। ब्रइटनलाई पहिलो हाफमा गरेको तीन गोलनै युनाईटेड विरुद्ध तीन अंक खोस्न पर्याप्त भयो। युनाईटेड पहिलो अवे खेलमा २०१२–१३ को सिजनपछि पहिलो हारको सिकार भयो। त्यो समयमा एभर्टनसँग १–० ले युनाईटेड पराजित भएको थियो।

ब्राइटनको घरेलु मैदान एमेक्स स्टेडियममा ब्राइटनले सनसनिपुर्ण जित निकाल्दै घरेलु दर्शकमाझ सनसनिपुर्ण खुसियाली मनायो। त्यसोत प्रिमियर लिगमा ब्राइटनले घरेलु मैदानमा खेलेका ८ खेल मध्ये १ मा मात्र हार ब्योहोरेको छ। ब्राइटनलाई जित दिलाउन ग्लेन मुर्रे, शान डुफी र पास्कल ग्रोसले समान एक–एक गोल गरे। युनाइटेडका रोमेलु लुकाकु र पाउल पोग्बाले गोल गरेपनि जितका लागि पर्यापत भएन्।

पाहुना टोली युनाइटेडविरुद्ध निकै शानदार प्रदर्शन गरेको ब्राइटनले २५ औं मिनेटमा अग्रता बनायो। मुर्रेले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाए। त्यसको दुई मिनेट नबित्दै २७ औं मिनेटमा डुफीले गोल गर्दै ब्राइटनलाई २–० को अग्रता दिलाए।

खेलको ३४ औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउन कोशिस गरे। तर, खेलको ४४ औं मिनेटमा ग्रोसले पेनाल्टीमा गोल गरेपछि ब्राइटनले पहिलो हाफमा ३–१ को अग्रता बनायो। दोस्रो हाफमा युनाइटेडले एक गोल फर्कायो तर थप गोल गर्न असफल हुँदा ब्राइटनसँग पराजित हुन बाध्य बन्यो। ब्राइटनको यो दोस्रो खेलमा पहिलो जित हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.