|

काठमााडौं : प्रहरीले उपत्यकाभित्र डुकाटी मोटरसाइकल गुडाउन रोक लगाएको छ। अत्याधिक ध्वनी प्रदूषण गर्ने भएकाका कारण नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुगेको निष्कर्षसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्रान्डका कुनै पनि मोटरसाइकल उपत्यका भित्र सञ्चालन गर्न नपाइने गरी प्रतिबन्ध लगाएको समचार कारोबार दैनिकमा छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले राजधानीको सडक डुकाटी मोटरसाइकलको गति धान्न सक्ने क्षमताको नभएको र यहाँको जनघनत्व त्यहीअनुसार रहेका कारण यसको प्रयोगमा रोक लगाइएको स्पष्ट पारे।

‘एक हजार २०० सीसीसम्मका यी मोटरसाइकल चलाउन सक्ने पूर्वाधार नै छैन।’ एसएसपी पन्तले भने, ‘एक हजार २०० सीसीसम्मका यी मोटरसाइकललाई सञ्चालन गर्न दिने हो भने आम नागरिकको हित विपरीत हुन्छ।’

डुकाटी लगायतका बुलेट मोटरसाइकलका कारण ध्वनी प्रदूषण बढेको भन्दै सर्वसाधारणले त्यस्ता सवारी सञ्चालनमा रोक लगाउन माग गर्दै दर्जनौं लिखित तथा मौखिक उजुरी समेत दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.