|
फाइल फोटा

काठमाडौं : कोरिया जाने कामदारहरुको लागि स्वास्थ्य परिक्षण शुरु भएकाे छ। सन् २०१९को लागि ईपीएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण सोमबारबाट शुरु गरिएकाे हो।

 स्वास्थ्य परीक्षण काठमाडौं उपत्यकाका ४ वटा अस्पतालबाट गर्ने व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाले जनाएको छ। शुक्रराज ट्रपिकल अस्पताल, निजामति अस्पताल, नेपाल कोरियामैत्री अस्पताल र पाटन अस्पतालमा उनिहरुको स्वास्थ्य परीक्षण हुनेछ।

स्वास्थ्य परीक्षणमा पास भएका र उपयुक्त प्रहरी रिपोर्ट आएकाहरुले यहि भदौ ८ गतेबाट रोजगार आवेदन फारम भर्न पाउनेछन्। आगामी जनवरीबाट मात्रै यो वर्ष पास भएकाहरु जान पाउने इपिएस कोरिया शाखाले जनाएको छ। यो वर्ष ७ हजार ९९६ जना भाषा परिक्षा पास भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.