|

काठमाडौं : वाणिज्य आपूर्ति तथा उपभोक्ता हितसंरक्षण विभाग सहितकाे उपभोक्ता अधिकारकर्मीको टोलीलाई कालीमाटी तरकारी बजारका व्यापारीले थुनेका छन्। बिहान ३ बजेनै अनुगनमा गएको टोलीलाई कालीमाटी विकास समितिको हलमा थुनिएको छ। 

विभागका अधिकृत दीपकराज पौडेल, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनासहित आधार दर्जनभन्दा बढी अनुगमनकारी व्यापारीको नियन्त्रणमा परेका हुन्। 'हामीलाई एउटा कोठा राखिएको छ त्यसबाट बाहिर निस्कन सकेका छैनौ' थुनामा राखिएको कोठाबाट उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले भने। 

बारा पर्सा लगायत जिल्लामा मूल्य बुझ्न गएको र त्यसको तुलनामा अत्यन्तै बढी मूल्य उपभोक्ताले तिर्नु परेको कारण तरकारी बजारमा अनुगमन गरिएको थियो। अनुगमनको क्रममा दुईवटा गाडीको विलविजक नपाइएपछि सोधिखोजी गरिएको तिमिल्सिनाले बताए। कालिमाटीका व्यापारीहरुले अनुगमन टोलीको विरोध गर्दै नाराबाजी गरिरहेका छन्।

सोधिखोजी गरेसँगै व्यपारीहरू एकजुट भएर कभरहलको कोठमा लगेर थुनेका हुन्। अनुगमन टोली गएको गाडीका ड्राइभर समेत थुनामा रहेका छन्।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.