|

काठमाडौं :  पूर्वराजदूत केशव झा आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। 

आफ्नै कोठामा टाउकोमा चक्कुले हानेको अवस्थामा झाको शव फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाले जानकारी दिए।  ८० वर्षीय झाको शव घरमै शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान अघि बढाइएको थापाले बताए। ‘घटनाबारे अनुसन्धान अघि बढाइसकेका छौँ’, थापाले भने, ‘हत्या या आत्महत्या अहिले नै केही भन्न सकिन्न, चक्कुले टाउकोमा प्रहार गरिएकाले अनुसन्धान गरिहेका छौँ।’

झा बबरमहलस्थित घरमा पत्नी र सहयोगीसहित बस्दै आएका थिए। झाले नेपालको परराष्ट्र क्षेत्रमा ३४ वर्ष सेवा गरेका थिए। उनी फ्रान्सका लागि नेपाली राजदूत बनेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.