|

काठमाडौं : प्रदीप खड्का स्टारर फिल्म ‘रोज’ भदौ २२ गतेबाट प्रदर्शनमा आउँदै छ। प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मले आफ्नो प्रचार प्रसारलाई पनि तीब्रता दिइरहेको छ। हाल निर्माण युनिट फिल्म प्रचारका लागि देश दौडाहामा निस्किएको छ।

देश दौडाहामा निस्किएको उक्त टोली देशको विभिन्न आठ शहरसम्म पुग्नेछ, जहाँ पत्रकार सम्मेलन तथा लाइभ कन्सर्ट पनि गरिनेछ। रोजले आफ्नो टुर पोखरादेखि सुरु गर्नेछ। १४ भदौमा मिडटाउन ग्यालरी अगाडि ‘रोज’ टिमले भव्य प्रस्तुति दिनेछ।

पोखरापश्चात् भदौ १५ गते टिम बुटवल पुग्नेछ। १६ भदौ नारायणगढ, १७ भदौ इटहरी र धरान, १८ भदौ दमक र बिर्तामोड र २० भदौमा राजधानी काठमाडौंमा कन्सर्ट र प्रेसमिट गरिने निर्माण युनिटले बताएको छ। मोफसल कन्सर्ट तथा टुरमा अभिनेता प्रदीप खड्का र नेपाल आइडल फेम्ड प्रताप दास पनि सहभागी हुनेछन्।

शुक्रबार 'रोजी'बाट 'रोज' नामकरण गरिएको यस फिल्मलाई नीरक पौडेलले निर्देशन गरेका हुन्। गोपीकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको यस फिल्ममा प्रदीपसँगै परमिता आरएल राना, मिरुना मगर र कर्मा शाक्यको पनि मूख्य भूमिका रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.