|

काठमाडौंः विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालत काभ्रेले आदेश दिएको छ। यसअघि पनि ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। म्याद सकिएपछि काभ्रे प्रहरीले १५ दिनको म्याद थप्न अनुरोध गरेको भए पनि अदालतले थप तीन दिनको मात्रै समय दिएको हो। काभ्रेमा एनसेलको टावरमा आगलागी गरेको आरोपमा प्रहरीले विश्वकर्मालाई हिरासतमा लिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.