|

बाजुरा : जिल्ला संगठन समायोजन गर्न नेकपा केन्द्रीय कमिटीले तोकेको समय सीमा सकिन लाग्दा जिल्लाको अध्यक्षमा चारजना नेता आकांक्षी भए पनि अन्तिममा भरत थापाको नाम सिफारिस भएको छ। नेकपा केन्द्रीय सदस्य सदस्य कर्णबहादुर थापाका अनुसार जिल्ला अध्यक्षमा भरत थापाको नाम सिफारिस भएकाे छ भने प्रदेश अध्यक्षमा थापाकाे नाम सिफारिस भएको हाे। 

केन्द्रीय सदस्य थापाका अनुसार जिल्लाबाट चारजना नेताको नाम सिफारिस भएकोमा बृहत छलफल र सबैलाई न्याय हुने गरी पदीय हैसियत मिलान गरिएको जनाइएकाे छ। जिल्लाको अफिसियल टिममा भरत थापा अध्यक्ष, साविकको नेकपा माओबादी पार्टीबाट भरत बुढा सचिव, मुख्य पदाधिकारी रहे भने सदस्यमा एमालेका युवा नेता जनक बोहरा,अमर खडका, पेम्बा गुरुङ भोटेको नाम सिफिरिस भएकाे छ भने माओवादीतर्फबाट मनबहादुर रोकाया र नयाराम विकको नाम सिफारिस भएको छ। 

केन्द्रीय सर्कुलर अनुसार जिल्लामा साविकको एमालेलाई अध्यक्ष लगायत तीन सदस्य र नेकपा माओावादी पार्टीलाई सचिव लगायत दुई सदस्य पाउने व्यवस्था मिलान गरिएको जिल्ला संगठन समायोजनका संयोजक भीम रावलले जानकारी दिए। 

बाजुरा जिल्लाबाट नेकपाको अध्यक्ष भरत थापा तत्कालीन एमालेमा लामो समय सक्रिय राजनीतिमा लागेका युवा नेता हुन्। युवा संघ पूर्व अध्यक्ष समेत रहेका नेता थापा एमालेको राजनीतिमा सिफारिस भएका मध्ये सवैभन्दा अगाडि प्रवेश गरेका नेताका रुपमा चिनिन्छन्। देशमा भइरहेको २०६२/०६३ काे जनआन्दोलनमा बाजुरा जिल्लामा एमालेको तर्फबाट नेतृत्वदायी भूमिका खेलेकाे अनुभव रहेकाे छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.