|

डोल्पा : हिमाली जिल्ला डोल्पाकाे दुनै बोर्डिङ स्कूलले साेमबार रजतजयन्ती मनाएको छ। बि.स.२०५० सालमा स्थापना गरिएको उक्त बिद्यालयले बिभिन्न चुनौतिहरू सामना गर्दै स्थापनाको २५ वर्ष पुगेको विद्यालयले जनाएको हाे।

भुगोलका हिसावमा देशकै ठूलो जिल्ला भए पनि शिक्षाका हिसावमा पछि परेको डोल्पाको शिक्षा क्षेत्रलाई समयानुकूल परिवर्तन गर्नका लागि दुनै बोर्डिङ स्कूलले अग्रणी भूमिका खेलिरहेको स्कूल संचालक समितिकाअध्यक्ष चाँद हमालले बताए।अध्यक्ष हमालले भने, 'डोल्पा जस्तो ठाउँमा नीजि तवरबाट बिद्यालय स्थापना गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न चुनौती भाेगिरहेको छ।'

जिल्लाका बुद्धिजिवी स्वर्गीय अंगतकुमार हमालले उक्त स्कूल स्थापना गरेर अंग्रेजी शिक्षकका लागि भौतारिँदै दुर्गमबाट तराई झर्ने डोल्पाली बालबालिकालाई जल्लामै सुगमका विद्यालय सरह गुणस्तरीय शिक्षा प्रदान गरिरहेको अभिभावक तथा मिसन नेपाल डोल्पाका अध्यक्ष ओमेन्द्र केसीले बताए।

दुर्गमका विद्यालयमा अंग्रेजी शिक्षा कमजोर हुने भएकाले अधिकांश बालबालिकाहरू तराईका जिल्लाहरूमा जाने गरेता पनि दुनै बोर्डिङको स्थापना पश्चात गुणस्तरीय पढाईकै लागि जिल्ला छाड्ने बाल बालिकाको संख्यामा कमी आएको उनले बताए। केसीका अनुसार अहिले जिल्लामै नमुना रुपमा दुनै बोर्डिङले सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ भनाई छ।

दुनै बोर्डिङ स्कूल १ कक्षादेखि ८ कक्षासम्म संञ्चालनमा छ। कुल २६० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् भने १५ जना शिक्षक कर्मचारीहरू कार्यरत रहेका छन्। उक्त बोर्डिङमा नेपाली बाहेक सम्पूर्ण बिषयहरू अंग्रेजीमा पठन पाठन हुने गरेको उनको भनाई छ।

'दुनै बोर्डिङले यसरी डोल्पा जस्तो ठाउँमा २५ वर्ष पूरा गर्ला जस्तो लागेको थिएन। तर सबैको साथ सहयोगबाट आज विद्यालयले रजत जयन्ती मनाउन सफल भएको छ। यहि नै स्कूलको सफलताको कडी हो,' केसीले भने। दुनै बोर्डिङमा नर्सरीदेखि पढाई सुरू गरेका विद्यार्थीहरू डाक्टर, पाइलट, इन्जिनियर बनिसकेकाले स्कूलका लागि गौरवको कुरो भएको संञ्चालक समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.