|

दाङ : दाङमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ भने एकजना बालक गम्भीर अवस्थामा छन्।  

आइतबार विहान घरमै सुतिरहेको अवस्थामा सर्पले टोकेर तुलसीपुर-१२ का १२ वर्षीय राजु चौधरीको मृत्यु भएको  प्रहरीले जानकारी दिएको छ। बिहान ३ बजेतिर सर्पले टोकेर गम्भीर भएका चौधरीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा आइतबार बिहान १० बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर जनाएको छ।

त्यसैगरी सर्पको टोकाइबाट शान्तिनगर गाउँपालिकाका- २ बाघ मारेका युवराज वली गम्भीर अवस्थामा छन्। सोमबार बिहान ११ बजेतिर उनलाई सर्पले टोकेको थियो। घरभित्रै बसिरकेको अवस्था सर्पले टोकेकाे थियाे। १२ वर्षीय वलीको राप्ती अञ्चल अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा  रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.