|

सुर्खेत : बसमा यात्राका क्रममा एक यात्रुको बसमा नै मृत्यु भएको छ। काठमाडाैंबाट जाजरकोटतर्फ जादै गएको ना ४ ख ८१२० नम्बरको बसमा सवार रुकुम आठबिसकोट नगरपालिका-३ का नरेन्द्र बोहराको यात्राको क्रममा सुर्खेतमा मृत्यु भएको सुर्खेतका प्रहरी कार्यालयका प्रवक्ता नायव उपरीक्षक श्यामसिं चौधरीले जानकारी दिए।

सुर्खेतको गुर्भाकोट नगरपालिका ९ को बोटेचौरको होटल चिसापानी हाइवेमा शौच गई पुन बसको सिटमा  बसेका उनकाे सिटमा नै मृत्यू भएको प्रहरीले जनाएको छ। मृतक लामो समयदेखि बिरामी भएको र उपचार गर्दा पनि सुधार नभएकोले घर फिर्ता जाने क्रममा मृत्यु भएको हुन सक्ने प्रबक्ता चौधरीले जानकारी बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.