|
File Photo

डोल्पा : हिमाली जिल्ला डोल्पामा अविरल बर्षातसँगै खसेको पहिरोको कारण दुई घर पुरिएका छन् भने एक घर भत्किएको छ। तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका-७ शर्मी गाउँमा रहेका दुई घर पहिरोले पुरिएका हुन् भने एकघर भत्किएको हो।

पहिरोका कारण स्थानीय राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरिएको हरिबहादुर बुढामगरको घर भत्किएको जिप्रका डोल्पाले जानकारी दिएको छ। पहिरोकै कारण आधादर्जन घरमा आशिंक क्षति पुगे पनि मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।

शर्मी गाउँका दर्जन धेरै घरहरू पहिरोको जोखिममा परेकाकाले समयमै बस्ती सार्ने व्यवस्थाका मिलाउन स्थानीयले सम्बन्धित निकायलाई आग्रह गरेकाछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.