|

सुर्खेत : सुर्खेतको ट्राफिक प्रहरीले  सुर्खेतमा नियमविपरित सञ्चालित १३६ वटा अटो रिक्सालाई नियन्त्रणमा लिएको छ। ट्राफिक नियम बिपरित संचालन गरेको भन्दै अटो रिक्साहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सुर्खेतको वीरेन्द्रनगरमा रहेका अटोरिक्साहरूले कानुनको मापदण्ड विपरित सवारी चलाएकाले नियन्त्रणमा लिएको जिल्ला ट्रफिक प्रमुख हरिबहादुर विसीले बताए।
अहिलेसम्म धेरै जसो अटो रिक्सा चालकसँग सवारीचालक अनुमतिपत्र नभएको र तीव्र गतिमा अटो रिक्सा चलाउने गरेको गुनासाेका अाधारमा पक्राउ थरिएकाे हाे। जताभावी चलाउन, यात्रु हेरेर मनपरि भाडा लिएका कारण अटो रिक्सालाई नियन्त्रणमा लिनु परेकाे प्रहरीकाे भनाइ छ। 

यता समयमा लाइसेन्स उपलब्ध नगराउनु सरकारको कमजोरी भएको सिद्ध पाइला यातायात प्रालिका अध्यक्ष पदम वनको भनाई छ। लाइसेन्स समयमा उपलब्ध नगरी सरकारले पटक पटक प्रमाण खोजी नीति गर्नु मजदुरी गरेर खाने मजदुरका लागी दुखःद भएको उनले बताए। नियन्त्रणमा लिइएका अटो रिक्सा कानुनी दायरामा ल्याइने र अनुसन्धानपछि मात्र छाड्न सकिने प्रहरीले जनाएको छ।

सुर्खेतमा विगत लामो समयदेखि छोटो दूरीका सवारी साधनको रुपमा सञ्चालित अटो रिक्साहरूले मनोमानी रुपमा यात्रुसँग भाडा असुल्दै आएको, तीव्र गतिमा कुदाउने गरेको र ट्राफिक नियमको पालना नगरेको ब्यापक जन गुनासाे रहेको छ। प्राय रिक्सा चालकहरूसँग चालक अनुमतिपत्र पनि नभएको र किशोर अवस्थाका चालकहरूले अटो रिक्सा चलाउदै आएको जनगुनासो रही आएको छ।

प्रशासनले पनि अटो रिक्साका लागि कुनै मापदण्ड बनाउन सकेको थिएन। मोटरसाइकल र स्कुटरसँग लाइसेन्स माग्ने  पनि ट्राफिक प्रहरीले अटो रिक्सासँग भने लाइसेन्स नमाग्ने गरेको भन्दै सर्वसाधारणकाे  गुनासो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.