|

काठमाडौं : गुहेश्वरी मन्दिरमा विवाह गर्न चाहने जोडीले अब त्यहाँका पुजारीलााई विवाह गर्न योग्य उमेर भएको कागजात प्रस्तुत गरेर मात्र विवाह गर्न सक्ने भएका छन्। 

देवस्थलमा हुने विवाहमा सम्बद्ध देवस्थलको समितिमा उमेर पुगेको कागज प्रस्तुत नगरी विवाह नगर्न गुठी संस्थानले निर्देशन दिएपछि गुहेश्वरी मन्दिरमा कागजात प्रस्तुत गर्नुपर्ने नियम ल्याएको खबर गोरखापत्र दैनिकमा छ। यस्तो कागजात गठित गुहेश्वरी मन्दिर व्यवस्थापन समितिमार्फत प्रस्तुत गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ। 

भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिता २०७४ ले विवाह गर्नेको उमेर २० वर्ष तोके अनुसार काननुले तोकेभन्दा कम उमेर वा गलत प्रकारले विवाह हुन नपाओस भन्ने उद्देश्यका साथ गुहेश्वरी मन्दिर व्यवस्थापन समितिले नयाँ व्यस्वथा ल्याएको समितिका अध्यक्ष सुमित खड्गीले जानकारी दिए। 

प्रायः देवस्थलमा आसपास भेटिने कर्मकाण्डी सेवा गरिरहेको ब्राह्मण लगाएर हाट्टहुट्ट विवाह सम्पन्न गर्ने विगतको अभ्यासलाई व्यवस्थापन समितिले नयाँ कानुन आएसँगै सुधार गरेको हो। कर्मकाण्डी ब्राह्मणले विवाहको विधि पु¥याउने सेवा दिँदा पनि केटाकेटी दुवैले उमेर पुगेको प्रमाण हुरेर मात्र देवस्थलमा विवाह गराउनु पर्ने छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.