|

चितवन ः चितवनको भरतपुरमा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नम्बरको ट्रकले ठक्कर नाम ठेगाना नखुलेका दुई जनाको ज्यान गएको चितवन प्रहरीले जनाएको छ।

वीरगञ्जबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको गरेको ट्रकले ठेलामा पानी तान्ने पम्प लिएर गइरहेका दुई जनालाई  ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  

यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको रा १ ख १५७३ नम्बरको ट्रक आज बिहान त्रिशूली नदीमा किनारमा खसेको छ। भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोमा भएको दुर्घटनामा ट्रकका चालक र सहचालक घाइते भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.