|

अमेरिकामा एक व्यक्तिले गर्भवती श्रीमती र दुई छोरीको हत्या गरेका छन्। 

अमेरिकाको कोलोराडोका ३३ वर्षीय क्रिस वाट्सले गएको हप्ता दुई छोरी र गर्भवती श्रीमतीको हत्या गरेको आरोपमा अदालतमा मुद्दा दर्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ। क्रिसले श्रीमती ३४ वर्षीया शानन वाट्स तथा तीन वर्षकी छोरी सेलेस्ट र चार वर्षकी छोरी बेलाको घाँटी थिचेर हत्या गरेको जनाइएको छ। 

उनले फ्रेडिरिकमा रहेको घरमै श्रीमती र छोरीहरुको हत्या गरेका हुन्। प्रहरीले गत बिहीबार श्रीमती र छोरीहरूको शव क्रिसले काम गर्ने पेट्रोलियम कम्पनीको तेल ट्यांकनजिकै गाडिएको अवस्थामा भेट्टाएको थियो। शानन १५ हप्ताकी गर्भवती थिइन्।

क्रिस पछिल्लो समय आफूले काम गर्ने ठाउँकी एक महिलासँग प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको छ। तर उनले यो कुरा अस्वीकार गर्दै आएका छन्। अमेरिकाको एरिजोनामा व्यावसायिक भ्रमण सकेर घर फर्किएकी श्रीमतीसँग आफूले सम्बन्ध बिच्छेद चाहेको बताएका थिए। उनीहरुको शव ट्रकमा राखेर तेल ट्यांक नजिक लगेर गाडेको उनले स्वीकार गरेका छन्। 

हत्या गरेपछि उनले स्थानीय टेलिभिजन मार्फत आफ्नो परिवारका सदस्य हराएको  जानकारी गराएका थिए। त्यसपछि प्रहरीले थालेको अनुसन्धानबाट क्रिसले नै श्रीमती र छोरीहरुको हत्या गरेको खुलेको हो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.