|

काठमाडौं : इन्डोनेसियाको पालेम्वाङमा जारी १८ अाैँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपाल प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

नेपालका मायंका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वार्टरफाइनलमा पुगेको हो। मायंका र माहिकाको जोडीले माल्दिभ्सका खेलाडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरेको हो। मायंका र माहिकाको जोडीले मंगलबार जापानका खेलाडीसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

लनटेनिस पुरुष डबल्समा नेपाल पराजित भएको छ। नेपालका संरक्षकभूषण बज्राचार्य र अभिषेक बाँस्तोलाको जोडी भारतका खेलाडीसँग ६–१ र ६–१ को सोझो सेटमा पराजित भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.