|

विराटनगर : प्रधानमन्त्री केपी ओली मंगलबार प्रदेश नम्बर १ को राजधानी विराटनगर आउँदैछन्। प्रधानमनत्री ओली बिहान साढे १० बजे विराटनगर आउने कार्यक्रम छ।

विराटनगर आएलगत्तै ओलीले विराटनगर महानगरपालिका १४ स्थित श्रीकृष्ण गौ सेवा सदनले उत्पादन गरेको बायोग्यास प्लान्टको उद्घाटन तथा अवलोकन गर्ने कार्यक्रम छ।

बायो ग्याँसको अवलोकनपछि ओलीले विराटनगरस्थित होटल ह्यारिसनमा खाना खाने र दिउँसो वीरेन्द्र सभागृहमा आयोजित प्रदेश १ का पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ। त्यसपछि ओली बेलुका पत्रकार सम्मेलन गरेर बास बस्न इटहरी पुग्ने कार्याक्रम छ। त्यस्तै ओलीले बुधबार झापाका विभिन्न विकास निर्माणको कामको अवलोकन तथा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पनि कार्यक्रम रहेको नेकपा मोरङका नेता ऋषिकेश पोखरेलले जानकारी दिए।

विराटनगर महानगरपालिका १४ स्थित श्रीकृष्ण गौ सेवा सदनले उत्पादन गरेको वायोग्यास आसपासका सय घरमा पाइपमार्फत वितरण गरिएको छ । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको करिब ८४ लाख रुपैयाँ लगानीमा पाइपबाट बायोग्यास वितरण गरिएको छ।

ओलीले मंगलबार यो योजनाको शुभारम्भ गर्ने गौसदनले जनाएको छ। गौसेवा सदनको सक्रियतामा त्यहाँका गाईको गोबरबाट ३२० घनमिटर ग्यास उत्पादन हुन थालेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.