|

लहान : सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिकामा आफ्नै घरको छतबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा कल्याणपुर नगरपालिका–७ भेडिया बस्ने ७० वर्षीय गणेशी साह रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आफ्नै घरको छतमा सुतिरहेका साहको सोमबार राति उठेर तल ओर्लिने क्रममा खसेर घटनास्थलमै मृत्यु भएको हो।

घटनाको विषयमा आवश्यक अनुसन्धान गर्दै प्रहरीले शव पोष्टमार्टमका लागि सिरहास्थित जिल्ला अस्पतालमा पठाएको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.