|

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ।  सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार राति क्रिस्टल प्यालेसलाई २-० गोलले हरायो।

क्रिस्टल प्यालेसको मैदानमा भएको खेलमा लिभरपुलका जेम्स मिल्नर र सेडियो मानेले एक एक गोल गरे। मिल्नरले ४५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

लिभरपुलका लागि मानेले क्रिस्टल प्यालेसविरुद्ध खेलेका पछिल्ला अाठ प्रिमियर लिग खेलमा ६ गोल गरेका छन् जुन कुनै पनि टिमविरुद्ध उसले गरेको सर्वाधिक गोल हो। लिभरपुलले पछिल्ला १० प्रिमियर लिग खेलमा एकमा मात्र हार ब्योहोरेको छ जसमा ६ खेलमा जित निकाल्दा ३ खेलमा बराबरी खेलेको छ।

७५ औं मिनेटमा क्रिस्टल प्यालेस १० खेलाडिमा सिमित भएको थियो। मानेले दोस्रो हाफको इन्जुरी समयमा गोल थपे। लिगको यो सिजन सुरुका दुई खेल सकिँदा केबल ६ टोलीले मात्र दुवै खेल जितेका छन्। आर्सनलले दुवै खेल र म्यानचेस्टर युनाइटेडले एउटा खेल हारेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.