|

काठमाडाै : नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको छ महिने उपलब्धिको पहिलो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा आएको उल्लेख छ। उनले यसलाई ठूलो उपलब्धि भनेका छन्। 

उक्त कार्यकालमा विमानस्थल होल्ड गर्ने अवस्था नरेहको पनि उनले दाबी गरेका छन्। तर, विमानस्थलमा भएको पिच धमाधन उप्किन थालेपछि विमान आकाशमै दुई घण्टा होल्ड गर्नुपर्ने अवस्था आएको छ। विमानस्थलको पिच उप्किन नरोकिएपछि नागरिक उड्ययन प्राधिकरणले आगामी फागुन १६ देखि चार महिना राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थलको धावनमार्ग बन्द गरेर नयाँ पिच लगाउने प्राधिकरणका महाप्रबन्धक सञ्जिव गौतमले जानकारी दिए।

‘हामीले फागुन १६  देखि चार महिना विमानस्थल राति १० देखि बिहान ८ बजेसम्म बन्द गरेर पिच हाल्ने तयारी गरेका छौं,' उनले भने,  'अर्को दिन बिहान ८ बजे उडान सुरु हुने गरी  राति नै पुरानो पिचको ठाउँमा नयाँ पिच हालिनेछ।’

जिरो टू अर्थात् दक्षिणतर्फको भागको १६ सय मिटर पिच अत्यन्तै कमजोर भैसकेकाले जिरो टू भागतर्फबाट पिच गरिने महाप्रबन्धक गौतमले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापना भएयता एक पटक पनि पुरै पिच फेरिएको छैन। समस्या आउँदा टालटुल मात्रै गर्ने गरिएको छ। सन् १९५१ देखि विमानस्थल सञ्चालनमा आए पनि त्यसपछि विमानस्थलको धावनमार्ग सामान्य मर्मत मात्रै गरिँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.