|

हलिउड चलचित्र क्षेत्रमा व्याप्त रहेको यौन दुर्व्यवहार तथा लैंगिक हिंसाविरुद्ध चलाइएको #मीटु अभियानकी एक प्रमुख अभियन्तामाथि नै यौन दुर्व्यवहारको आरोप लागेको छ। गत वर्ष चलचित्र निर्माता हार्भी वाइन्स्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाउने अग्रपंक्तिमा रहेकी इटालियन नायिका आजिया अर्जेन्टो आफैँ यौन दुर्व्यवहारको आरोपित बनेकी हुन्।

नायिका अर्जेन्टोले आफ्ना एक पूर्वसहकर्मीलाई क्यालिफोर्नियास्थित एक होटलको कोठामा लगेर यौन दुर्व्यवहार गरेको आरोप लागेको हो। कलाकार जिम्मी बेनेटले आफूलाई अर्जेन्टोले सन् २०१३ मा यौन दुर्व्यवहार गरेको आरोप लगाएका हुन्।

घटना हुँदा जिम्मी १७ वर्षका मात्रै थिए। क्यालिफोर्नियामा आपसी सहमतिमा यौन सम्बन्ध राख्न पाइने उमेर १८ वर्ष तोकिएको छ। त्यतिबेला अर्जेन्टोको उमेर ३७ वर्ष हाराहारी भएको बताइन्छ।

उनले जिम्मीलाई उक्त घटनामा तीन लाख ८० हजार डलर जरिवाना तिरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। न्यूयोर्क टाइम्सका अनुसार अर्जेन्टोका वकिलले बेनेटलाई सहयोग स्वरूप त्यो रकम उपलब्ध गराइएको एवं नायिका अर्जेन्टो आफैँ पीडित भएको दाबी गरेका छन्।

जिम्मीले सन् २००४ मा निर्मित एउटा चलचित्रमा अर्जेन्टोको छोराको भूमिकामा अभिनय गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.