काठमाडौं : फिल्म ‘कथा काठमाडौं’को शीर्ष गीत रिलिज भएको छ। मंगलबार युट्युबमार्फत् फिल्मको शीर्ष गीत ‘धुलोमान्डु’ रिलिज गरिएको हो। सुरजविक्रम थापाको शब्द र संगीत रहेको उक्त गीतमा हरिवंश आचार्य र बुलेट फ्लोको स्वर सुन्न सकिन्छ।
भिडियोमा काठमाडौंको अस्तव्यस्त दैनिकीलाई देखाइएको छ, जहाँ काठमाडौंको धुवाँ धुलोलाई प्रस्तुत गरिएको छ।
संचारकर्मीसमेत रहेकी संगीता श्रेष्ठले निर्देशन गरेको फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीलगायतको मुख्य भूमिका रहेको छ।
विजय राईको निर्माण रहेको ‘कथा काठमाडौं’को पटकथा पनि निर्देशक श्रेष्ठले नै लेखेकी हुन्। लुज सिंहले खिचेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका छन्। फिल्म असोज १२ बाट प्रदर्शनमा आउँदै छ।
हेर्नुहोस् गीत :
तपाईंको ईमेल गोप्य राखिनेछ ।