काठमाडौं : पर्दामा निकै रुचाइएको ‘आप’ जोडी अर्थात पल शाह र आंचल शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। मंगलबार युट्युबमार्फत उनीहरु अभिनित ‘करकले पात’ बोलको गीत रिलिज गरिएको हो।
रत्न शम्सेर थापाको शब्द तथा नारायण वलीको संगीत समावेश गीतमा मेलिना राई र राज खम्बुको स्वर सुन्न सकिन्छ। गीतलाई राजन इशानले एरेञ्ज गरेका हुन्।
शान थापाको निर्देशनमा तयार भएको भिडियोलाई अन्शु राईले निर्माण गरेकी हुन्। अर्जुन तिवारीले खिचेको भिडियोमा सुरेश काफ्लेको ड्रेन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ। भिडियोमा रजिव समरको करियोग्राफी समावेश छ।
हेर्नुहोस् भिडियो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।