|

सुनसरी : हङकङलाई कर्मथलो बनाएका लेखक टीम आई. गुरुङले वृटिश गोर्खाजसम्बन्धी एक पुस्तकको पाण्डुलिपि तयार गरिसकेका छन्। छवटा मुलुकको भ्रमण र दुई वर्षको निरन्तर अध्ययनपश्चात् लेखकले उक्त पाण्डुलिपि तयार पारेका हुन्।

पाण्डुलिपिलाई पुस्तकको शरीरको संज्ञा दिएका लेखक गुरुङले कृतिको आत्मा खोज्न नेपाल आएको बताए। धरानमा मगलबार आयोजित 'स्रष्टासँग संवाद' कार्यक्रममा बोल्दै स्रष्टा गुरुङले यस्तो विचार व्यक्त गरेका हुन्। पुस्तकको आत्मा वृटिश गोर्खाजका 'लिभिङ हिरोज्' अर्थात् जिउँदा नायकहरूसँग रहेकाले गुरुङले नेपालको सुदूरपूर्व पशुपतिनगरदेखि पश्चिम कंचनपुरसम्मको यात्राराम्भ गरेका छन्। यस क्रममा लेखकले दोस्रो विश्वयुद्ध लडेका र वर्षौं वृटिश सैन्यमा सेवारत पूर्वसैनिकहरूसँग संवाद गर्नेछन्।

एक महिने यात्राका क्रममा स्रष्टा लेखकले इलाम, सुनसरी, धनकुटा, तेह्रथुम, सिन्धुली, गोर्खा, लमजुङ, स्याङ्जा, कास्की, म्याग्दी, रूपन्देहीलगायत पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्म भ्रमण गर्नेछन्। अनुसन्धान यात्राका क्रममा लेखक गुरुङले धरान, काठमाडौं र पोखरामा संचारकर्मीहरूसँग संवाद कार्यक्रम पनि आयोजना गर्ने बताए।

हालसम्ममा लेखकका १४ कृति अंग्रेजी भाषामा प्रकाशित छन्। कार्यक्रममा गुरुङले वृटिश गोर्खाजसम्बन्धी नयाँ पुस्तक सन् २०१९ को अन्त्यतिर प्रकाशन हुने जानकारीसमेत गराए।

गुरुङ हङकङस्थित एसिया टाइम्स्का निम्ति नियमित लेखरचना लेख्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.