|
प्रतीकात्मक फोटो

ताप्लेजुङ : ताप्लेजुङको मैवाखोला गाउपालिका ५ की एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला ५ का  २३ वर्षीय कमल थोप्रा लिम्बू रहेका छन्। घटनामा संग्लग्न सोही स्थान बस्ने २० वर्षीय  डिके खुईले भनिने सुमन थोप्रा लिम्बू फरार रहेका छन्।

मंगलबार बिहानै उनीहरू दुवैजनाले किशोरीलाई विभिन्न धाकधम्की दिई स्थानीय कुलबहादुर लिम्बूको खाली घरमा लगी जबरजस्ती करणी गरेर फरार रहेको भन्ने किशोरीका बाबुले दिएको जानकारीअनुसार प्रहरी चौकी साँघुबाट खटिएको प्रहरी टोलीले प्रतिवादी मध्येका कमललाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

फरार रहेका अर्का प्रतिवादीको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.