|
प्रतीकात्मक फोटो

बागलुङ : मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको वडिगाड गाउँपालिका-२ सक्न्यारमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

सक्न्यार फेँदीमा ग १ ज ९२३ नम्बरको जीप दुर्घटना हुँदा गुल्मी मालिका गाउँपालिका–२ का ५० वर्षीय गंगाबहादुर थापा, रुकुम उत्तरगंगा गाउँपालिका-९ का ३० वर्षीय विवेचन बुढा मगर, बागलुङ ढोरपाटन नगरपालिका- १ की ३२ वर्षीया ब्रह्मकुमारी प्रतिमा, चालक धादिङ गंगाजमुना गाउँपालिका-४ का २० वर्षीय अर्जुन तामाङ र वडिगाड गाउँपालिका-८ का गौरव श्रीस घाइते भएका हुन्।

गम्भीर घाइते चारजनाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको प्रहरी नायव निरीक्षक लालबहादुर चौधरीले जानकारी दिए। वडिगाड गाउँपालिका -८ का गौरव श्रीसको अवस्था सामान्य छ।

बागलुङबाट वुर्तिवाङतर्फ जाँदै गरेको जीप सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरीचौकी खर्वाङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.